नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा ११० जनामा कोरोना पुष्टि
१८ भदौ, रौतहट । वीरगञ्जको प्रयोगशामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पताल स्थित पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा पर्साका ६९ जना, बाराका २४ जन र रौतहटका १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ५ सय ७६ जनाको स्वाब नमुना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जनाए ।
डेढ वर्षीय बालकदेखि ८० वर्षीय वृद्धसम्मका संक्रमितमध्ये ३० जना महिला छन । प्रवक्ता डा. चौरसियाका अनुसार पर्सामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, बहुदरमाई नगरपालिकाको ४ र ५ मा ५ जना, कालिकामाई गाउँपलिका २ मा ४ जना, पर्सागढी नगरपालिका ४ र ८ मा ७ जना, पोखरिया नगरपालिका ४ र १० मा ४ जना, पर्सागढी नगरपालिकाको वडा नं. ४, ८ का ७ जना र कालिकामाई गाउँपालिकाको वडा नं. २ का ४ जनामा संक्रमण देखिएको छ ।
वीरगञ्जका संक्रमितमध्ये वडा नं ४, १२ र १८ मा १र१ जना, वडा नं २, १५, १६ र १७ मा २र२ जना, वडा नं १० र ३१ मा ३र३ जना, वडा नं ११, १३ र २१ मा ४र४ जना, वडा नं ८ मा ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ जनाको वडा खुलेको छैन । बाराको कलैया उपमहानगरपालिकामा २४ जना र रौतहटको यमुनमाई गाउँपालिकामा १७ जना संक्रमित भेटिएका हुन ।