बागलुङमा बाढी पस्दा ८ जनाको मृत्यु, १३ जना बेपत्ता
१८ भदौ, रौतहट । बागलुङको वस्तीमा बाढीका काराण पुरिएका २१ जनामध्ये ८ जनाको शवा फेला परेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ, भने अहिले १३ जना बेपत्ता नै रहेका छन ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्छ । ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ,’ रेग्मीले भने ।
अविरल वर्षासँगै गएराति १२ बजेको तिर आएको बाढी वस्तीमा पसेको थियो । सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको छ । बाढीले विद्यालय, जलविद्युत आयोजना, झोलुङ्गे पुलहरुमा पनि क्षति र्पुयाएको स्थानीयले बताएका छन ।