पुजारी हत्याका २ अपराधी सार्वजनिक
१७ भदौ, रौतहट । रौतहटको माधवनारायण २ खेसरहियाको हनुमान मन्दिरका पुजारीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाइ प्रहरीले सार्वजनिक गरेको छ ।
भदौ ३ गते राती खाना खाइरहेका पुजारी श्रीराम साहको कन्चटमा गोली प्रहार गरी हत्या गरेको आरोपमा देवाही गोनाही १ करुनियाका ३६ वर्षका नरेश भन्ने राम नरेश राउत पटेल तथा २८ वर्षका बाल कुमार पटेललाई प्रहरीले पक्राउ गरेको थियो ।
दुवैजना पुजारीको हत्यामा संलग्न रहेको भन्ने अनुसन्धानको शिलशिलामा खुल्न आएको प्रदेश २ प्रहरी कर्यालयले जनाएको छ । दुवैलाइ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई ७ वडकी बंकुल एरियाबाट पक्राउ गरेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका मध्ये राम नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटना स्थित नजिक रहि मानिसको आवत जावतलाई निगरानि गरेको भनि निजहरुले अपराध स्विकार गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कार्यालयले जनाएको छ । राम नरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा पटक पटक विवाद भएकोले पटक पटकले हत्या भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य फरार रहेको अपराधिको खोजी भई रहेको र पक्राउ परेको अभियुक्तहरुलाई जिल्ला अदालत गौर बाट १० दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।