नेपालमा थपिए ११२० कोरोना संक्रमित, निको हुनेको संख्या २३ हजार नाघ्यो

   १७ भाद्र २०७७, बुधबार १७:२९  

१७ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले दिएका जानेकरी अनुसार आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जनामा कोरोना पष्टि भएको छ । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

यस्तै, २४ घण्टामा काठमाडौं उपत्यकामा पनि थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन्, भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।

यसैगरी बितेको २४ घण्टामा १ हजार १ सय १२ जना निको भएर डिस्चार्ज भएका छन्, भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २५१ पुगेको छ ।