कोरोनाका कारण आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु
द नेपाल मिडिया
१७ भाद्र २०७७, बुधबार १६:१३
१७ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९)का संक्रमणका कारण भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको मृत्यु भएको छ ।
भदौ ४ गते उनमा कोरोना पुष्टि भएका मध्यपुर थिमी नगरपालिका ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानेकारी दिइन ।
उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको हो । मृतक युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन ।