बुवाले आफ्नै छोरीलाई बलात्कार गरे
द नेपाल मिडिया
१७ भाद्र २०७७, बुधबार १४:१५
१७ भदौ, रौतहट । आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।
जबरदस्तीकरणी गरेको अभियोगमा ४० वर्षीय बुवा पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन् । उनलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ पक्राउ गरेको हो ।
आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जनाए । उनले भने, ‘बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्दैछौं ।’
प्रहरीका अनुसार बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन । त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।