वीर अस्पतालमा संक्रमित देखिएपछि, ओपिडी सेवा २ दिनको लागि बन्द
१७ भदौ, रौतहट । मंगलबार दिउँसो थप तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द गरिएको छ ।
बुधबार र बिहीबार ओपीडी बन्द भए पनि आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको बताए । उनका अनुसार निसंक्रमण र कन्ट्याक्ट टेसिङका लागि दुई दिन ओपिडी बन्द गर्ने निर्णय गरिएको हो ।
उनले पछिल्लो समय डाक्टर नर्स, क्लिनरसहितका जनशक्तिहरु धमाधम संक्रमणमा परेको बताए ।