काठमाडौंमा ४८१ सहित नेपालमा थपिए १०६९ कोरोना संक्रमित, थप ११ जनाको मृत्यु
१६ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले दिएका जानेकारी अनुसार बितेको २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ६९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पनि ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ जिल्लाका ३ सय ९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ७ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेहरुको कुल संख्या २२ हजार १ सय ७८ रहेका छन् । देशभर अहिले सक्रिय कोरोना संक्रमितहरुको संख्या १८ हजार १ सय १२ रहेको छ,
भने २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या २ सय ३९ पुगेको छ ।