काठमाडौँ उपत्यकाका तीन सिडिओको बैठक बस्दै
१६ भदौ, रौतहट । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउनेरनबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु भर्चुअल बैठक बस्दैछन ।
काठमाडौँ उपत्याकामा कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो । जारी गरिएको लकडाउनको अवधि यही बुधबार राति १२ बजे सकिँदैछ ।
मंगलबारको बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय हुनसक्ने बताइएको छ ।
दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअले बताए ।
‘यस पटको निषेधाज्ञा केही लचिलो हुन्छ । निषेध गरिएका केही क्षेत्रलाई सञ्चालन गर्न दिनेबारे छलफल हुनेछ । मंगलबार बसेको तीन जिल्लाका प्रजिअको राय बुधबार मात्रै गृह मन्त्रालयमा पठाइनेछ ।