कोरोनाबाट ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु
द नेपाल मिडिया
१५ भाद्र २०७७, सोमबार १७:४४
१५ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानेकारी अनुसार सोमबार कोरोना संक्रमणका कारण ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । योसंगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।
आज मृत्यु हुनेमा ३ जना महिला छन् । जसमध्ये महोत्तरीका चार वर्षीया बालिका समेत छिन् । त्यस्तै अन्य दुई जना महिला गोरखा र रुपन्देहीका छन् । त्यसैगरी झापा, रौतहट, चितवन र भक्तपुरमा एक एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।