नेपालमा थपिए ८९९ कोरोना संक्रमित

   १५ भाद्र २०७७, सोमबार १६:५९  

१५ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएका जानेकारी अनुसार आज ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ जना पुरुष गरी ८९९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकमा मात्रै आज थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन । यस्तै, बितेको २४ घण्टामा ५ सय ८८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन । उनीहरमध्ये २ सय २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ, भने २१ हजार ४ सय ९० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।