नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा
१५ भदौ, रौतहट । नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरूवा भएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहराको सरुवा भएको छ । कालिमाटी वृत्तमा कार्यरत रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्याल उदयपुरमा कार्यरत गोविन्द पुरीको प्रहरी प्रधान कार्यालय नक्साल भण्डार शाखामा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीमा देवेन्द्र पाण्डेको सरुवा भएको छ । इटहरीमा कार्यरत धर्मराज भण्डारीको जिल्ला प्रहरी कार्यालय सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत विनोद शर्माको एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएको छ । जुम्लामा माधव काफ्लेको सरुवा भएको छ । योगेन्द्रसिंह थापाको अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ ।
त्यस्तै, संघीय प्रहरी इकाई कार्यालय कार्यालय काभ्रेकी अन्जना श्रेष्ठको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनाय नक्सालमा सरूवा भएको छ ।
महानगरीय अपराध महाशाखाका उद्धवसिंह भाटको बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडामा सरूवा भएको छ । महानगरीय प्रहरी वृत्त, जगातीका डिएसपी चक्रराज जोशीको महानगरीय सशस्त्र प्रहरी गण मुख्यालय महाराजगन्जमा सरूवा भएको छ ।
सूची हेर्नुहोस्,