होम आइसोलेसनमा बसेकी संक्रमित महिलाको मृत्यु
१५ भदौ, रौतहट । रुपन्देहीमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं. ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।
कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरेका हुन् ।
भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।