वीरगञ्जमा थप ४१ जनामा कोरोना पुष्टि

   १५ भाद्र २०७७, सोमबार १२:००  

१५ भदौ, रौतहट । वीरगञ्जमा थप ४१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परिक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ३ जनाको जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएको छ ।

अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार विभिन्न स्थानबाट आएका ४ सय ३६ जनाको स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा ३८ जनामा र अस्पतालको आकष्मिक कक्षमा भर्ना भएका ४ जनाको जिन अक्स्पर्ट प्रविधिबाट परिक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

८ महिलासहित थपिएका सङ्क्रमितमा ६ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्म रहेका छन । जसमध्ये पर्साका ३२ जना, बाराका ४ जना, सर्लाहीका एक जना र ठेगना खुल्न नसकेका एक जना रहेको डाक्टर चौरसियाले बताए । जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएकाहरुको पनि ठेगाना खुलेको छैन ।