चितवनमा थप एक संक्रमितको मृत्यु

   १५ भाद्र २०७७, सोमबार १०:४५  

१५ भदौ, रौतहट । चितवनको भरतपुर अस्पतालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा आज विहान ७:२० मा मृत्यु अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले जानकारी दिएका हुन् ।

ती पुरुषको भदौ २ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको डा. पौडेलले बताए ।

चितवनमा कोरोनाबाट हालसम्म १२ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका ६ जना, मकवानपुरका ३ जना, बाराको निजगढ, नबलपरासीको विनयत्रिवेणी र गोरखा आँबुखैरहनीका १–१ जना छन ।