एकै दिन भारतमा ७८ हजार ७६१ संक्रमित थपिए
भदौ १४, रौतहट ।भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० का कुनै पनि मुलुकमा अहिलेसम्म भेटिएको भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो । अमेरिकामा एकैदिन ७७ हजार ६३८ संक्रमित फेला परेका थिए ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लख ४२ हजार ७३४ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६३ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४८ जनाको मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका २७ लाख १३ हजार ९३४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले सात लाख ६५ हजार ३०२ संक्रमित निको हुन बाँकी छन् ।
भारत कोरोना संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित तेस्रो मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म ५९ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ब्राजिलमा ३८ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।