सिन्धुपाल्चोकमा गएराति पहिरो खस्दाँ चार घर पुरिए

   १४ भाद्र २०७७, आईतवार ११:३०  

१४ भदौ, रौतहट । सिन्धुपाल्चोकमा गएराति पहिरो खस्दाँ चार घर पुरिएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ धुसेनीमा पहिरोले स्थानीय खिल बहादुर भण्डारीको २ घर, इबबहादुर भण्डारी र चेतबहादुर भण्डारीको १र१ घर पुरेको स्थानीय भुपेन्द्र भण्डारीले जानकारी दिए ।

पहिरो अन्य ८ घर आशिंक रुपमा क्षति भएको भूपेन्द्र भण्डारीले जानकारी दिए । पहिरोमा मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाय भने पुरिएको भण्डारीले बताए । शनिबार साँझदेखि नै पानि परेको थियो । राती करिब ३ बजेको समयमा पहिरो आएको भण्डारीको भनाइ छ। उक्त स्थानमा पहिलादेखि नै धाँजा फाटेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेलले बताइन ।

उनले भनिन, ‘पहिलादेखि नै जमिनमा धाँजा फाटेको हुनाले ९ भदौमा जोखिमयुक्त क्षेत्रका वासिन्दालाई स्थान्तरण गरिसकेका थियौं ।’ आजको पहिरोले जोखिमयुक्त बनाएको ठाउँमा वासिन्दालाई पनि सुरक्षित ठाउँमा स्थान्तरण गर्ने तयारी गरिरहेको पौडेलले बताइन ।
यस्तै पहिरोले पाखा दोबानको चार घरमा समेत क्षति पुर्याएको छ ।

सुर्य श्रेष्ठ, ढक्कल श्रेष्ठ, मेख बहादुर श्रेष्ठलगायतको घरमा क्षति पुर्याएको हो ।

पहिरोले प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो समेत पुरेको छ । घटनास्थलमा सुरक्षाकर्मीसहितको टोली उद्धारका लागि पुगिसकेको छ । अहिले क्षतिको विवरण आउन बाँकी नै रहेको छ ।