कोटेश्वरका १९ ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ

   १३ भाद्र २०७७, शनिबार १३:१७  

१३ भदौ, रौतहट । कोटेश्वरका महानगरीयमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको छ । शुक्रवार साँझमा मात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो ।

शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको (कोभिड १९) पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले जानकारी दिए ।

संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ । रिपोर्ट नेगेटिभ आएका ट्राफिक प्रहरीहरु नियममित ड्युटी गरिरहेका छन ।

यस्तै, महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा १४ जना ट्राफिकलाई कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जका संक्रमित मध्ये दुईजना कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन ।

काठमाडौं उपत्यकामा हालसम्म ११० जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।