तनहुँमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
द नेपाल मिडिया
१२ भाद्र २०७७, शुक्रबार १२:१६
१२ भदौ, रौतहट । सुख्खा पहिरोले ठूला ठूला ढुङ्गा खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।