नेपालमा थप १ हजार १ सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ
११ भदौ, रौतहट । नेपालमा बितेको २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) का संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ३५ हजार ५ सय ३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिएका जानेकरी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ सय ६९ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । अहिले होम आइसोलेशनमा ६ हजार २ सय १० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन ।