प्रहरीको कुटपीटबाट नै विजयको मृत्यु भएको स्थानिय आरोप

   ११ भाद्र २०७७, बिहीबार १५:५५  

११ भदौ, रौतहट । प्रेम सम्बन्धमा रहेका कारण २० वर्षीय निरजंन रामको घाटी रेटेर हत्या गरेको मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका ७ जनामध्ये एक युवकको गए राति मृत्यु भएको छ ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं.  ८ जिगंडवाका २० वर्षीय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये विजय राम महराको हिरासतमै रहेका बेला स्वास्थ्य अवश्था बिग्रीए पछि,  थप उपचारको लागी उनलाई वीरगंजको नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

तर, उपचारको क्रममा मृत्यु भए पछि स्थानियले विरोध प्रर्दशन गरेका छन् । प्रहरीको कुटपीटबाट विजयको मृत्यु भएको आरोप लगाउदै, मुख्य दोषी प्रहरी नै रहेको भन्दै स्थानिय समुदायले विरोध प्रर्दशन गरेका छन् ।