प्रदेश २ मा २४ जना विशेषज्ञ चिकित्सकलाई पठाउने मन्त्रालयको निर्णय
११ भदौ, रौतहट । कोरोना संक्रमितको उपचारमा खटिनका लागि स्वास्थ्य तथा जनसंख्याले प्रदेश २ मा २४ जना विशेषज्ञ चिकित्सकलाई पठाउने निर्णय गरेका छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भर्खर अध्ययन सकेका विशेषज्ञ चिकित्सकहरूलाई प्रदेश २ का विभिन्न अस्पतालमा खटिने गरी पठाइने बताए । मन्त्रालयका प्रशासन शाखा प्रमुख रघुराम विष्टले वीरगञ्जस्थित नारायणी अस्पतालका लागि मंगलबार नै ९ जना चिकित्सक गएको जानाकारी दिए ।
हिजो ९ जना चिकित्सकहरूलाई नारायणी अस्पतालमा पठाइसकिएको छ । अब भोलि गौरका लागि ६ जना जाने तयारी भएको छ । यसरी नै जनकपुरलगायत अन्य ठाउँमा पनि जानुहुन्छ, उनले भने । पछिल्लो समय प्रदेश २ का अस्पतालहरूमा कोरोना संक्रमितको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको गुनासो आएपछि मन्त्रालयले ती अस्पतालहरूमा चिकित्सक पठाएको हो ।
अहिले प्रदेश २ नै कोरोनाको हटस्पोटु बनेको छ । प्रदेशका ८ जिल्लामध्ये ७ वटा जिल्लामा अहिले पनि ५ सय बढी सक्रिय संक्रमित छन ।