सुनको भाउ प्रतितोलामा ८०० रुपैयाँ बढ्यो
द नेपाल मिडिया
११ भाद्र २०७७, बिहीबार १२:१०
११ भदौ, रौतहट । नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।






