कार्यदलको प्रतिवेदनमाथि आज दुई अध्यक्षबीच छलफल

   ८ भाद्र २०७७, सोमबार ११:२७  

भदौ ८, रौतहट । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदल बारे छलफल हुने भएको छ ।

सोमबार बिहान ११ बजे बालुवाटारमा प्रचण्ड प्रतिवेदनबारे छलफल गर्न पुगेका छन् । स्रोतले दिएका जनेकारी अनुसार अहिले दुई अध्यक्षबीच छलफल भईरहेको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे आज दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।

जसमा केपी ओलीले मुलत सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले पार्टी सञ्चालनमा केन्द्रीत हुनुपर्ने सुझाव दिइएको छ । यस्तै सरकारलाई थप प्रभावकारी बनाउनका लागि केन्द्र तथा प्रदेशका मन्त्रीहरुले हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ ।

एकता महाधिवेसन, पार्टी एकतालाई पुर्णता तथा पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लखे छ । दुवै अध्यक्षले आइतबार उक्त प्रतिवेदन अध्ययन गरेका थिए । दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।