वीरगंजमा एक संक्रमितको मृत्यु, कोरोनाका कारण ज्यान गुमाउनेको सँख्या ३६ पुग्यो

   ६ भाद्र २०७७, शनिबार ११:२२  

६ भदौ, रौतहट । नारायणी अस्पताल अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा आएको वीरगंज हेल्थ केयर अस्पतालमा आज विहान एक जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा, बहुदरमाई नगरपालिका वडा नं ४ डोकैलाबहुअरीका ६१ वर्षीय वृद्ध रहेका छन्।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् ।

चार दिनदेखि वीरगंज विर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा उपचार गराउँदै आएका वृद्धलाई भदौ ४ गते पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन बेलुका राति ८ बजे वीरगंज हेल्थकेयर अस्पतालमा ल्याइएको थियो।

ज्वरो, श्वास प्रश्वास, टाउको दुखाइ, बान्ता, दम हुने समस्याका कारण ३१ गतेदेखि उनको अलि अर्थोमा उपचार भइरहेको थियो । अहिले वीरगञ्ज हेल्थ केयरमा गम्भिर अवस्थामा ६ जना संक्रमित रहेको र २ जनाको स्थिति एकदमै जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।