नेपालमा थप ८ सय ३८ जनाको कोरोना रिपोर्ट पोजेटिभ

   ५ भाद्र २०७७, शुक्रबार १७:१३  

भदौ ५, रौतहट । पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

१३ हजार ५ सय ७९ जनाको गरिएको पीसीआर परीक्षणमा जम्मा ८ सय ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानेकारी अनुसार हालसम्म नेपालमा संक्रिय कोरोना संक्रमित कुल संख्या जम्मा १२ हजार १ सय ३२ जना रहेको छ ।

यस्तै शुक्रबार एकैदिन कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै रहेको छ । यससंगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ सय ३७ पुगेको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा १ सय ८२ जनामा कोरोना पुष्टि भएको छ, भने २४ घण्टामा २ सय ५० जना कोरोना जितृर डिस्चार्ज भएका छन् ।