कोरोनाका कारण पशुपति क्षेत्र सुनसान

   ५ भाद्र २०७७, शुक्रबार १३:३६  

भदौ ५, रौतहट । काठमाडौं उपत्यकामा कोरोना भाईरस (कोभिड १९)बाट संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि, बिहीबारबाट निषेधाज्ञा जारी गरिएको छ ।

यो वर्ष साउन महिनामा पनि कोरोना भाईरस (कोभिड १९)का माहामारीका कारण भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर खुला भएन । निषेधाज्ञा जारी नभएको भए सम्भवत आज बिहानैदेखि पशुपति क्षेत्रमा महादेवको पूजा गर्दै तीज मनाउन पुग्नेहरुको भीड लाग्थ्या । तर, यसपटक पशुपति क्षेत्र सुनसान देखियो । भक्तजनहरुले मन्दिरको मूल ढोका बन्द हुँदा बाहिरैबाट पूजा गरेका थिए ।

निषेधाज्ञा लागू भएकाका कारण मन्दिर क्षेत्रमा थोरै संख्यामा मात्रै मानिसहरु पुगेका थिए । भक्तजनहरुले पशुपतिमा परिसरसम्म पुगेर बाहिरबाटै दर्शन गरी फर्किएका थिए ।