बैंकिङ सेवा सुरु, ४ वटा शाखा मात्रै खुले

   ५ भाद्र २०७७, शुक्रबार १२:१५  

भदौ ५, रौतहट । बन्दाबन्दीमा पनि काठमाडौँ उपत्यकामा बैंकका शाखा कार्यालयहरु खुला भएका छन् । बिहीबार प्रहरीले कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई बाटैमा रोकिदिएको भनदै बैंकर्स संघले सेवा नदिने बताएका थिए ।

तर, गृहले सहजीकरण गरिदिए पछि आजदेखि बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेर सेवा दिन थालेका हुन् ।

तर, सबै शाखा कार्यालयहरु भने खुला भएका छैनन । सिमित शाखाहरु मात्रै खुला गरेरसेवा प्रवाह शुरु गरिएको बैंकर्स संघले जनाएका छन् । बैंकर्स संघका अनुसार प्रधान कार्यालयसहित उपत्यकामा एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालनमा आएका छन ।