बढी मात्रामा मदिरा पिएका दुई पुरुष मृत फेला
भदौ ५, रौतहट । गुल्मीमा शुक्रबार बिहान मदिरा पिएका दुई पुरुषका शव मृत फेला परेको छ । गुल्मी जिल्लाको मालिका ७ घमिर भानपोखरीमा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानिय ३६ वर्षीय बकबहादुर बिक मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्थीका अनुसार निजले बढी मात्रामा मदिरा सेवन गरेका थिए ।
यस्तै, इस्मा गाउँपालिकामा पनि मदिरा सेवन गर्ने अर्का पुरुष मृत फेला परेका छन । वडा नम्बर २ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर बारीको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका पन्थीले बताए ।
गत राति नै जिल्लाको चन्द्रकोट गाउँपालिकामा तीज गीत नाच चलिरहेको बेला दुई युवा समूहबीच कुटपीटको घटना घटेको छ । चन्द्रकोट–५ स्थित रविन पुनले मदिरा सेवन गरी १७ वर्षीय आकाश पुनलाई दाउरो प्रहार गरि गम्भीर घाइते बनाएको डिएसपी पन्थीले जनाएका छन् ।
प्रहरीले कुटपिट गर्ने पुनलाइ नियन्त्रणमा लिएको उनले जानकारी दिए ।