सुनको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
४ भाद्र २०७७, बिहीबार १२:२८
भदौ ४, रौतहट । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ६ सयले घटेर ९८ हजार ८ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।
बुधबार सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले कम हो।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।