निषेधाज्ञामा पनि बैंक खुलै रहने, तर सिमित शाखाहरुमात्रै सञ्चालन

   ३ भाद्र २०७७, बुधबार १२:४६  

भदौ ३, रौतहट । काठमाडौं उपत्यकामा कोरोना भाईरसका कारण भएका निषेधाज्ञामा पनि भोलिदेखि बैंकहरुले सेवा सुचारु राख्ने भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न निर्णय गरेको छ । अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई एकदमै सिमित कर्मचारीहर राखेर सेवा शुचारु गर्न दिनेबैंठकले निणर्य गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा शुचारु नै राख्ने बताए । तर सिमित शाखाहरुमात्रै सञ्चालनमा आउने उनले बताए ।

बैंकका कर्मचारीहरुलाई पास भने वितरण गरिएको छैन । एकदमै कम शाखा कार्यालयहरु न्युनतम कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमा आवाज जावत गर्न दिने बताइएको छ ।

‘थोरैमात्रै हुँदा हामी बैंककै परिचय पत्र देखाउर हिड्न दिन्छौं, फेरी धेरै जना आउनु भयो चाहिँ रोक्छौं भन्ने कुरा प्रहरीबाट आएको छ’ अध्यक्ष दाहालले बताए ।

बैंकर्स संघका अध्यक्ष दाहालका अनुसार बैंकहरुले सबै शाखा कार्यालयहरु भने खोल्ने छैनन् । काठमाडौं उपत्कायमा जिल्ला अनुसार बैंकले एक दिनमा कति वटा शाखा खोल्ने भन्ने तय भएको छ ।

अध्यक्ष दाहालले एक बैंकले काठमाडौं उपत्यकामा बढीमा ८ वटामात्रै शाखा कार्यालयहरु खोल्न पाउनेछन् । एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउने उनले बताए ।