बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना

   २ भाद्र २०७७, मंगलवार १५:३६  

भदौ २, रौतहट । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मरेको कुखुरा बेचविखनको मुद्दामा बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

सोमबार बाजारमा उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरिरहेको विभागबाट खटिएको अनुगमनको टोलीले थाहा पाएपछि कारबाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६९२० बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही ऐनको दफा ३८९ङ० बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेबापत दफा ३९९१०ख बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

काठमाडौं नगरपालिका ३१ मा संचालित उक्त फर्मलाई विभागको दैनिक बजार अनुगमनका क्रममा अनुचित व्यवसाय गरेका आधारमा अन द स्पोर्ट कारबाही भएको हो । कारबाहीमा परेको उक्त फर्ममा संचालक बाबुराम अधिकारी रहेका छन ।