पर्सामा थप ९२ जनामा कोरोना पुष्टि

   १ भाद्र २०७७, सोमबार १३:२८  

भदौ १, रौतहट । पर्सामा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका गरी थप ९२ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

पर्साको नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किटको अभाव भएपछि गत साउन २७ गते ११ सय भन्दा बढी स्बाव परिक्षण गर्नको लागि काठमाडौँ पठाइएको थियो । पालिकाहरुको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्बाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको आइतबार साँझ रिपोर्ट आएको छ ।

वीरगञ्ज महानगरपालिकाका ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै, गत साउन २६ गते वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा गरिएको स्वाब संकलन गराएका थिए, जसमध्ये ११ जना र श्रावन २७ गते त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलन गराएका व्यक्तिहरुमध्ये २७ जनामा कोरोना पुष्टि भएको हो ।