बारामा ११ क्वीन्टल केराउसहित ट्याक्टर नियन्त्रणमा, चालक फरार

   १ भाद्र २०७७, सोमबार १२:०७  

भदौ १, रौतहट । ११ क्वीन्टल केराउ बोकेको एक ट्याक्टरलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्करी गर्नको लागि भारततर्फ जादै गरेको भन्दै इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले बारा, फेटा गापा १ रजवटीयबाट ना६त ४८१८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

बन्दाबन्दीको अवधिमा रातको समयमा सुरक्षाकर्मी सुस्त हुदाँ केराउ छोकडा, मरिचलगायतको तस्करी हुँदै आएको छ । ट्याक्टरमा ६० हजार मूलय बराबरको केराउ तस्करी गर्न लागिएको सुचनाका आधारमा प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा हो । तर, ट्याक्टर चालक फरार भएका छन् । आवश्यक अनुसन्धानको लागि तस्करीको सामाग्रीलाई हाल वीरगंज भंसार पठाइएको बारा प्रहरीका प्रवक्ता मिश्रले जनाएका छन् ।

यस्तै, बारा प्रहरीले साउन महिनाभर २५ किलो २ सय ग्राम चाँदी, अवैध सवारी साधन ९ वटा, लत्ताकपडा तथा खद्यान्न सामाग्री गरी कुल २७ लाख ९२ हजार मूल्य बराबरको समान बरामद गरेको जनाएको छ ।