रौतहटमा १७ संक्रमित थपिए, एकको मृत्यु ।

   ३२ श्रावण २०७७, आईतवार १८:०५  

 

३२ साउन, रौतहट । रौतहटमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टीन बाहिर रौतहटमा समुदाय स्तरमै कोरोना संक्रमणको वृद्धि दर तिव्र बनेको छ ।

साउन २७ गते संकलन भएको स्वाबका परिक्षणमा १७ जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । आज आएको रिपोर्टमा गौर राजदेवि नगरपालिकाका १३, चन्द्रपुरका ३ र गरुडाका १ जना रहेको गुप्ताले बताए ।
यसै गरी उपचारका क्रममा वीरगंजमा रहेका एक युवकको मृत्यु पछि स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको छ । गौर १ का २५ वर्षिय युवकको मृत्यु पछि उनको परिवारजनको कन्ट्याक्ट ट्रेसिङ्ग हुने भएको छ ।

संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको गुप्ताले बताए । हाल रौतहटमा संक्रमितको सँख्या १ सय ३१ पुगेको छ ।