उपत्यकामा १७२ जना सहित, नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि
साउन ३२, रौतहट । पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ, भने १७ हजार ३३५ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौैं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११र११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी र महोत्तरीका ८र८ जना, कञ्चनपुर र तनहुँका ५र५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३र३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २र२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकएक जना संक्रमित भएका छन् ।