फेरी बढ्यो सुनको भाउ
साउन ३०, रौतहट । नेपालमा सुनको मूल्य साताको अन्तिम दिन फेरी बढेको छ । बिहीबारको तुलनामा आज फेरी सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।
आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार पुनः दुई हजार चार सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको हो ।
गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो । रसियाले कोभिड १९ विरुद्धको खोप निर्माण गरेको घोषणापछि सुनमा लगानी गर्नबाट टाढीका लगानीकर्ता विश्व स्वस्थ्य संगठनबाट खोपले स्वीकृत नपाएपछि पुनः सुनमै लगानी गर्न हौसिएको व्यवसायीहरुले बताएका छन् ।