नेपालमा पहिलोपटक तोकियो चिउराको गुणस्तर

   ३० श्रावण २०७७, शुक्रबार १२:२६  

साउन ३०, रौतहट । नेपालमा चिउरा खाने प्रचलन ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ । नेवारीहरुको खाजामा चिउराको प्रयोग परम्परागत प्रमुख रहेको छ । देशका अधिकासं क्षेत्रमा अहिले पनि खाजाका रुपमा चिउराको प्रयोग गरिन्छ ।

नेपालमा पहिलो पटक खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले नेपालमा खाईने चिउराको गुणस्तर तोकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपालमा पहिलोपटक परम्परागत खाद्यको गुणस्तर तोक्ने सिलसिलाको पनि सुरुआत भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन । चिउरालाई मानवीय खाद्य प्रयोगको वस्तुको रुपमा विभागका खाद्य वैज्ञानिकहरुले परिभाषित गरेका छन ।

चिउराको गुणस्तर परिधिहरु

नयाँ मापदण्डअनुसार बिक्रि गरिने चिउरा अब सग्लो हुनु पर्ने छ । यस्तै चिउराको रङ्ग र आकार समान हुनु पर्नेछ । चिउरामा फोहोर, दाग, गन्ध एवं ढुसी तथा किराबाट निष्किासित पदार्थ हुनुहुँदैन । चिउरामा कुनै पनि बाहृय रङ्ग प्रयोग गर्न पाइनेछैन । यस्तै चिउरामा मोस्चरको मात्र बढीमा १३.० प्रतिशत हुनु मात्रै पर्नेछ । चिउराको सुख्खा तौलको आधारमा कुल भष्म प्रतिशत ९अंश० १.३ प्रतिशत बढीमा हुनु पर्नेछ ।

यस्तै डाइल्युट हाईड्रोक्लोरिक एसिडमा नघुल्ने भष्मको मात्रा बढीमा ०.३ प्रतिशत मात्रै हुनु पर्नेछ भने अल्कोहोलिक अम्लता प्रतिशत बढीमा ०.२ र अजैविक बाहृय पदार्थ तोलको आधारमा बढीमा ०.१ प्रतिशत मात्रै रहनु पर्ने छ । यस्तै जैविक बाहृय पदार्थ तोलका आधारमा ०.५ प्रतिशत मात्रै रहनु पर्ने मापदण्डमा उल्लेख छ । अजैविक बाह्य पदार्थ भनेको चिउरामा ढुंङ्गा, बालुवा, माटो आदीलाई बुझाउँदछ । यस्तै जैविक बाह्य पदार्थले चिउरा बाहेकका अन्य अखाद्य दानाहरु भुस, चोकर, परालका टुक्रा आदीलाई बुझाउँदछ ।

चिउराको उत्पादन, प्रशोधन, प्योकजिङ, ह्याण्डपलङ, भण्डारण तथा ढुवानी स्वच्छता सम्बन्धी मापदण्ड कृषि मन्त्रालयले तोकेबमोजिम हुनेछ । चिउरालाई सफा र सुख्खा खाद्य ग्रेडको प्योकजिङ्ग झोलामा राम्रोसंग शिल प्याक गरी खाद्य नियमावली २०२७ बमोजिम चिउराको ललेवलमा विवरण उल्लेख गर्नु पर्ने खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धी आदेशमा उल्लेख छ ।