जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २६ जना घाइते

   २० असार २०७९, सोमबार १२:२८  

२० असार, मकवानपुर । जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिकामा आइतबार साँझ ना६त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदाँ एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको बकैया ७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँद गरेको ट्याक्टर दुर्घटना हुँदा सिन्धुलीकी १६ वर्षीया सलिना राईको मृत्यु भएको मकवानपुरका प्रहरी प्रहवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, घाइते भएका सबै जनाको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका २६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।