फेसबुकमा चिनजान गरेर होटलमा बोलई महिलामाथि लुटपाट
१५ असार, रौतहट । फेसबुकमा चिनजान भएको महिलालाई होटलमा बोलाएर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
श्रीमान विदेशमा भएका महिला पत्ता लगाएर नक्कली आईडी बनाई फोसबुकमा साथि बनाएर भेटघाट गर्ने बाहानामा महिलालाई होटलमा बोलाएर लुटपाट गरेको अभियोगमा बाराको पर्साैनी ४ घर भएका ३६ वर्षीय मोहमद रफिक रायभालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गत वैशाख ५ गते (सोमबार) चन्द्रनिगाहपुरस्थित एक होटल महिलाकै नाममा आरोपीले कोठा बुक गराएको थियो । होटल पुगेकी महिलालाई खाने कुरामा नसालु पदार्थ मिसाएर खान दिई गरगहना लुटापाट गरेको रायभालाई हिरासतमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
फेसबुकमा चिनजान भएको युवकले आफुसंग भएको गरगहना र नगद लुटपाट गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।