एन विपरीत काम गरेको भन्दैँ फतुवा विजयपुरका मेयरसहित २१ जनाविरुद्ध मुद्दा

   १२ असार २०७९, आईतवार १८:४४  

१२ असार, रौतहट । रौतहटको फतुवा विजयपुरका नगर प्रमुख (मेयर) गोपाल राय यादवसहित २१ जनाविरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ । रौतहटको लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै गोपाल राय यादवसहित २१ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

एन विपरीत काम गरेको भन्दैँ मेयर गोपाल राय यादव, उपमेर कान्तिदेवी, वडाध्यक्ष संजय प्रसाद, भविछन राय यादव, दीपनारायण साह, शेख एजाज अहमद, हिरा राय यादव, उमाशंकरा साह कलवार, दिपनारायण चौधरी, योगेन्द्रप्रसाद चौधरी, ज्ञानेन्द्र चौधरी, नगर कार्यपालिका सदस्य लक्षण साह कानु, सुन्दरी माझी, जिरनी देवी, फूलकुमारी देवी, संजु देवी जयसवाल, शशीकुमार साह र रवीन्द्रकुमार निधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाल बकैया नदीको कामका लागि १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला समन्वय समितिको रोहबरमा गजुरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाबीच संयुक्त रुपमा ढुंगा गिट्टी र बालुवाको ठेक्का लगाउने निर्णय भएसंगै त्यसबाट हुने आयको ६० प्रतिशत फतुवा विजयपुर र ४० प्रतिशत गजुरा नगरपालिकाले लिने सहमति भएको थियो ।
गजुरा र फतुवा विजयपुर नगरपालिकाले संयुक्त रुपमा कामको ठेक्का लिने र आय आपसमा हिनामिना गर्ने निर्णय गरेपनि आर्थिक वर्ष २०७५र०७६ मा ठेक्का लगाएको प्रचलित ऐन नियम विपरीत लगाएको अख्तियारले ठहर गरेको छ ।

यस्तै, अख्तियारले तत्कालिन प्रमुख प्रशाकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जना साहविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

त्यसैगरी, गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावबाट गोपाल राय यादव पुन नगर प्रमुखको पदमा निर्वाचित भएका थिए ।