सुनको मूल्य तोलामा ८०० घट्यो, चाँदीको बढ्यो
द नेपाल मिडिया
२७ श्रावण २०७७, मंगलवार १६:०९
साउन २७, रौतहट । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै मंगलबार तेजावी सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भनेको आकाशिएको छ । मंगलबार चाँदी तोलामा १ हजार ४ सय ३५ रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मै उच्च रहेको महासंघले जनाएको छ ।






