फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

   ६ असार २०७९, सोमबार १०:५९  

६ असार, रौतहट । नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

हिजो राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैया मूल्य बढाएसंगै पेट्रोलको मूल्य प्रतिलिटरमा १९९ रुपैयाँ तोक्एिको छ ।

यस्तै, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धि हुनसाथै प्रतिलिटरमा १९२ रुपैयाँ कायम भएको छ ।

यस्तै, गत चैत २२ गतेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि चुनावका कारण सरकारको विरोध हुन सक्ने भन्दै स्थिर राखेको इन्धनको मूल्य नेपाल आयल निगमले धमाधम बढाउन थालेको छ ।

स्थानीय तहको निर्वाचन सक्ने विक्तिकै नेपाल आयल निगमले धमाधम पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेको छ ।