सरकारले विवाह गर्ने उमेर संशोधन गर्ने
१ असार, रौतहट । नेपाल सरकारले विवाह गर्ने उमेर संशोधन गर्ने भएको छ ।
नेपालका कानुन अनुसार २० वर्ष पुगेमात्रै विवाह गर्न पाउने कानुन अव्यवहारिक रहेकोले सरकारले विवाह गर्न उमेर संशोधन गर्ने भएको छ ।
१६ वर्षमा नागरिकता प्रमाणपत्र पाउने तथा १८ वर्षमा मतदान गर्न व्यवस्था भएपनि नेपालमा विवाहको लागि २० वर्ष उमेर पुग्ने नै रहेकोले कानुनी व्यवस्था पुनर्विचार तथा हेरफेर गरिने तयारी भएको छ ।
बुधबार बसेको संसद्को बैठकमा उठेको प्रश्नको उत्तर दिदैँ कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी)ले विवाहको लागि २० वर्ष पुग्नुनै अव्यवहारिक रहेको भन्संशोधन गर्न लागिएको छ ।