प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा पुगे लोसपाका अध्यक्ष ठाकुर
द नेपाल मिडिया
३० जेष्ठ २०७९, सोमबार १०:५८
३० जेठ, रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न सरकारी निवास बालुवाटार अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहानै पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नेता र कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफलका लागि उनीहरु बालुवाटार पुगेका हुन् ।