हाल नेपालमा १०६ जना संक्रमित उपचाररत

   २९ जेष्ठ २०७९, आईतवार १७:२२  

२९ जेठ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार १ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा १ हजार २ सय ९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा ८ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ । त्यसैगरी, विगत २४ घण्टामा थप १२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ सय ६ जना संक्रिय संक्रमित रहेका छन् । त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।