पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध सडकमा उत्रे विद्यार्थीहरु
द नेपाल मिडिया
२७ जेष्ठ २०७९, शुक्रबार १३:५६
२७ जेठ, बुटवल । आज राति १२ बजेदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थको मूल्य विरुद्ध रुपन्देहीमा चक्काजाम गरिएको छ ।
दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले रुपन्देहीको विभिन्न ठाउँमा चक्काजाम गरी सरकाविरुद्ध नाराबाजी गरेका छन् ।
बुटबलको मिलनचोक, सैनामैना, भैरहवा, देवदह लगायतका विभिन्न स्थानमा आज पेट्रोलियम पदार्थको मुल्य बढाएको विरुद्ध एक घण्टा चक्काजाम गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
बढाएको पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म चरणवद्ध आन्दोलन गरि रहने समेत विद्यार्थीहरुले बताएको स्रोतले जनाएको छ ।