सातामा दुई दिन बिदा दिने निर्णय सरकारद्वारा खारेज
द नेपाल मिडिया
२४ जेष्ठ २०७९, मंगलवार १४:२७
२४ जेठ, रौतहट । गत जेठ १ गते देखि लागू भएको सातामा दुई दिन बिदा दिने निर्णय सरकारले खाजेर गरेका छन् ।
जेठ १ गते देखि शनिबार र आइतबार हुँदा आएको बिदा सरकारले अगामी असार १ गते देखि खारेज गरेका हुन् । असार १ गतेदेखि साताको एक दिन (शनिबार) मात्रै बिदा हुने भएको छ ।
लगातार वृद्धि हुँदै गएको पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले गत जेठ १ गते देखि तीन महिनाको लागि सातामा दुई दिन बिदा दिने निर्णय गरेका थिए ।
पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले अर्थमन्त्रालयमा बसेको विज्ञ र सरोकारवालाहरुको बैठकले कम्तीमा तीन महिनाका लागि शनिबार र आइतबार सार्वजानिक बिदा दिन सरकारलाई प्रस्ताव गरेका थिए ।
सातमा हुने दुई दिन बिदाको दुई दिन अत्यावश्यकबाहेकका सरकारी साधन नचलाउने निर्णय गरेसँगै सरकारी सवारीसाधन चलाउन पास वितरण नगर्ने समेत भएको थियो ।