मकवानपुरबाट गाँजासहित भारतीय नागरिक पक्राउ

   २० जेष्ठ २०७९, शुक्रबार १४:४३  

२० जेठ, मकवानपुर । हेटौँडाबाट ५० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० राप्तीरोडबाट भारत सितामढि थानाबेला १० नोचा घर भएका ३७ वर्षीय राजेश चौधरीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा बस्तीपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना।२ ह १५०८ नम्बरको अटोलाई चेक गर्दा गाँजा फेला परेको थियो । अटोबाट बरामद भएको गाँजा राजेश चौधरीको रहेको पुष्टि भएपछि बिहीबार साँझ उनलाई नियन्त्रणमा लिएको हो ।

५० किलो ४ सय ग्राम गाँजासहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।