घुससहित महोत्तरीबाट दुई जना पक्राउ
द नेपाल मिडिया
२० जेष्ठ २०७९, शुक्रबार १४:२१
२० जेठ, महोत्तरी । घुस लिएको आरोपमा महोत्तरीबाट विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई अख्तियारले हिरासतमा लिएको छ ।
महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगल कार्यालयले जनाएको छ ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका २ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको छ ।